रोशन दिप –  बागमती प्रदेशको राजधानी हेटौडामा नवोदय इनोभेसन सेन्टरले एक वर्षे डिप्लोमा कोर्स सञ्चालन गरी कक्षा ४ देखी ७ का विधार्थीलाई रचनात्मक हिसाबले पृथक ढङ्गबाट पढाउन सक्ने शिक्षक तयार गर्न लागिएको जानकारी गराएको छ ।

बालबालिका केन्द्रित शिक्षालाई व्यवहारीक बनाउदै
शैक्षिक क्रान्ति गर्ने उद्देश्यले नवोदय इनोभेसन सेन्टर स्थापना गरिएको तालिम कार्यक्रम प्रमुख नरेन्द्रकुमार नगरकोटीले जानकारी दिए । तालिममा कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरूले सहभागी हुन सक्ने बताउँदै तालिम लिनेलाई रोजगारीको अवसर प्रदान गर्ने पनि उनले विश्वास दिलाए।

आफूहरुको कार्यक्रमबाट व्यवहारीक शिक्षा लिन आएका बालबालिका, शिक्षण पेसामा अवसर खोजिरहेका व्यक्ति र समय सापेक्ष शिक्षकको खोजीमा रहेका विद्यालयको लागी एकदमै राम्रो अवसर हुने कार्यक्रम प्रमुख नगरकोटीले बताए ।

तालिमका लागि शिक्षा दर्शनः प्रगतिशील शिक्षा, भाषा साहित्य शिक्षण, विज्ञान शिक्षण, सामाजिक अध्ययन शिक्षण, गणित शिक्षण, शारीरिक शिक्षा शिक्षण, सङ्गीत र कला शिक्षण, नृत्य शिक्षण, बालबालिकाको समग्र विकास, सिकाइ उपलब्धी जस्ता विषय निर्धारण गरिएको इनोभेसन सेन्टरले जनाएको छ ।