धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा  अमरसिंह पार्क निर्माण कार्यलाई अघि सारिएको छ ।

अमरसिंह थापा ऐतिहासिक पर्यटन सर्किट मेची महाकाली अभियान अन्तरगर्त वडा नम्बर–३ , मुलपानी, मुर्चोकमा अमरसिंह पार्क निर्माण हुने भएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिकाको पहलमा  थालनि गरेको कार्य छुट्टै  ऐतिहासिक भएको  डा. राम थापाले बताए ।

गाउँपालिका वडा नम्बर ३ मुर्चोकमा अमरसिंह पार्क निर्माण उपभोक्ता समिति नामक सस्था दर्ता गरि प्रमाण पत्र समेत प्रदान गएिको र निमार्ण कार्यलाई अघि सारिएको बताएका हुन्।

उनले यो  कार्य प्रसंसायोग्य रहेको उल्लेख गर्दै पालिका प्रति अमरसिंह थापा ऐतिहासिक पर्यटन सर्किट मेची महाकाली अभियान परिवारको तर्फबाट धन्यवाद व्यक्त गरे।

यसले आउदो समयमा जिल्लाको छ्ट्छैु पहिचान बन्ने र पर्यटकिय स्थलको रुपमा परिचित बन्ने र व्यापापार व्यवसाय प्रद्धन भई पालिकाबासीहरुकालागि आर्थिक आम्दानीको बाटो समेत खुल्ने  अध्यक्ष शम्भु कुमार थापाले बताए ।