Rato Samachar
Tue, 16 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

देश विकासमा राससको ठूलो भूमिका हुन्छ– वरिष्ठ संस्कृतिविद् जोशी

राष्ट्रिय समाचार समिति (रासस)ले समाचार सामग्रीमा विविधीकरण ल्याउने उद्देश्यले यही साउन १ गतेदेखि परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरेको छ । सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति राससले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको छायाङ्कन गरी विशेषगरी टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई लक्षित गरी गुणस्तरीय श्रव्यदृश्य (भिजुअल) सामग्री उपलब्ध गराउन सुरु गरेको छ । विसं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै श्रव्यदृश्य पनि केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण गर्दै आएको छ । राससले भिडियो सेवाको परीक्षणकाल एक महिनाको हुने र उक्त अवधिभर समाचार संस्थाहरूका लागि सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । राससको इतिहास, समाचार सामग्री र भिडियो सेवा कस्ता–कस्ता विषयवस्तु समावेश गर्नुपर्ला ? भन्ने विषयमा राससका पूर्वसञ्चालक समिति सदस्यसमेत रहनुभएका वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ । तपाई कुनै समय राससको सञ्चालक समितिमा हुनुहुन्थ्यो, त्यतिबेलाको राससको अवस्था कस्तो थियो ? – नेपालमा २००७ सालपछि प्रजातन्त्रको श्रीगणेश भयो । प्रजातन्त्र ल्याइसकेपछि त्यो बेला संविधान बनाउन त्रिभुवनले चुनावको आमनिर्वाचन घोषणा गरेका थिए । त्यो घोषणालाई त्यो बेला त्रिभुवनको स्वर्गवास भएपछि महेन्द्रले ‘क्यारिअन’ गरेको भए देशको अवस्था अर्कै हुन्थ्यो । त्यसबेला संविधानको निम्ति चुनाव हुँदै भएन । उनले अर्कै तरिकाले केके गरे गरे । सबैलाई थाहा भएकै कुरा हो । हुँदाहुँदा शक्ति सबै उनैले लिए । त्यसबेला पार्टीहरुले खेलेको भूमिका पनि सबैलाई थाहा भएकै कुरा हो । पार्टीहरुले आन्दोलन गरिरहेका थिए । त्यो बेला हामीले खानपिनको लागि मात्रै आन्दोलन गरेको त होइन । हामीले त मौलिक हक पो खोजेको हो । आफ्नो हक अधिकार खोजेको हो । हामीले देशको निम्ति आन्दोलन गरेका थियौँ । त्यसबेला सबैलाई जागरुक बनाउनको निम्ति मिडियाको आवश्यकता प¥यो । आधिकारको लागि सबैलाई जागरुक बनाउन मिडियाको आवश्यकता महसुस भयो । त्यसै क्रममा गोविन्द वियोगीलगायत प्रचारप्रसारको काममा लागेका थिए । त्यतिबेला नै समाचार समितिको बारेमा छलफल हुन थाल्यो । त्यससँगै मिडियाका मान्छेहरु जम्मा हुन थाले । हुँदाहुँदा समाचार बैँकको महत्व बढ्दै गयो । पछि नेपालमा चुनाव भयो । नेपाली काँग्रेस सत्तामा आयो । त्यसैबेला निजी क्षेत्रबाट समाचार समितिको स्थापना भयो । अनि काम गर्नको लागि त्यतिबेला जान्नेबुझने हामीहरुलाई पनि बोलाएर काम गराएको हो । अबका दिनमा राससको भूमिका कस्तो हुनुपर्छ होला ? –हुन त मिडियामा नयाँनयाँ कुराको उन्नति भएको होला तर आज जे–जति मिडियामा उन्नति भयो ती उतिबेलाका साथीहरुले दुःख गरेर, त्याग गरेको परिणाम हो । त्यसैले अहिलेको राससको यो चौतर्फी उन्नति पनि त्यतिबेलाको परिश्रमको प्रतिफल हो । नेपाल अगाडि बढिरहेको छ । त्यसको निमित्त राससले भूमिका खेल्दै जाओस् । राससले भनेपछि पक्का हुने बाटोमा राससले आफूलाई अगाडि बढाउनुपर्छ । राससको भवन पनि आफ्नै भयो । हरेक कुरामा रससले आफूलाई विकास गर्दै लगेको छ । अब एक दिन भावी नेपालको निमित्त, भावी पुस्ताको निमित्त बाटो मात्रै देखाउने होइन कि, देशकै विकासको निमित्त राससको ठूलो भूमिका हुन्छ । राससले ६१ वर्षसम्म जसरी सत्यतथ्य समाचार दिँदै आएको छ, सेवा विविधीकरणअन्तर्गत अहिले भिडियो सेवा सुरु गरेको छ, यसबारेमा तपाईको धारणा के छ ? –समाज परिर्वतनमा मिडियाको भूमिका ज्यादै ठूलो हुन्छ । कुनै बेला रेडियो, टेलिभिजन भन्ने नै थाहा थिएन । तर अहिले यतिधेरै रेडियो र टेलिभिजनहरु छन् । मिडिया मेचीदेखि महाकालीसम्म फैलिरहेको छ । विविधतामा एकता भएको रािष्ट्रयताका लागि मुलुकमा मिडियाको भूमिका महत्वपूर्ण हुन्छ । मिडियाले जुन काम गरिरहेको छ, त्यसको कमीकमजोरी होला, अलि पछि परेको होला त्यो आफ्नो ठाउँमा छ तर हरेश खानु हुँदैन । सरकारले पनि सकेको बेलामा केहीँकतै मित्रराष्ट्रबाट ल्याएर भएपनि, आफ्नै स्रोतबाट भएपनि राससलाई अझै बलियो बनाउनुपर्छ । राससले देशको संस्कृति, समावेशीकरण सहअस्थित्व, सहयोगको निमित्त र मेचीदेखि महाकालीलाई जोड्नको निमित्त भूमिका खेल्नुपर्छ । –––राष्ट्रिय समाचार समिति

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology