रोशन दिप – मकवानपुरको उत्तरी भेगमा पर्ने थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका क्षेत्रमा हिमपात भएको छ ।
थाहा नगरको सिमभञ्याङ, दामन क्षेत्र तथा मकवानपुरगढी गाउँपालिको बुढीचौरको डाँडाहरुमा हिमपात भएको हो ।
यसअघि,पनि गएको पुष १४ र माघ ६ गते उक्त क्षेत्रमा हिमपात भएको थियो भने विहिबार राति वर्षा भएसंगै हिमपात हुँदा हेटौंडा बाट काठमाण्डौको त्रिभुवन राजपथ अन्तर्गत सिमभञ्याङ दामन सडक पनि अवरुद्ध भएको छ ।
हेटौंडासहित जिल्लाको विभिन्न स्थानमा वर्षा सुरु भएसंगै हिमपातका कारण निकै चिसो पनि बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकोे छ । हाल देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षा भइरहेको छ।
साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका बिभिन्न् स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउ अनुरोध समेत गरेको छ ।
picture-
प्रतिक्रिया दिनुहोस्