हेटौंडा । फुटबल खेलका लागि सक्रिय क्लब हेटौंडा–५ शान्तिनगरस्थित जनप्रवाह क्लबले वनभोज कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार हेटौंडा–७,न्यूरेनीमा विजया दशमीको अवसरमा खसी कप फुटबल प्रतियोगिताको उपाधि जितेको खुशीमा वनभोज कार्यक्रम सम्पन्न गरेको हो ।
हेटौंडा–७, न्यूरेनीमा आयोजित उक्त कार्यक्रम क्लबका संयोजक दीनेश बुढाथोकी, राजिव अधिकारी र संजिव अर्यालको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब १ सय जनाको सहभागिता रहेको थियो । जनप्रवाह क्लबका क्लबका अध्यक्ष हरिबहादुर कुँवरको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा भएको वनभोज कार्यक्रममा करिब १०० जना सहभागी रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले क्लबको सफलताप्रति बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि जनप्रवाह क्लबले खेलकुद तथा सामाजिक क्षेत्रका कार्यक्रमहरू निरन्तर अघि बढाउने विश्वास व्यक्त गरेका संयोजक संजिव अर्यालले बताए ।

































प्रतिक्रिया दिनुहोस्