मकवानपुरको हेटौंडा(१ भैसे हेटौंडा सडक खण्डको तिरतिरे धारा नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।

शनिबार बिहान भैसेबाट हेटौंडातर्फ आउँदै गरेको ना ४६ प २३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हेटौंडा ६ का चौघणाका अन्दाजी ५० वर्षीय कृष्ण सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सापकोटाको हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।