हेटौंडा । रातो बंगला फाउण्डेशन काठमाडौंको आयोजनामा तथा हेटौंडा–४,स्थित नवोदय शिशु सदन बोर्डिङको सहकार्यमा भएको गुणस्तरीय प्रारम्भिक बाल शिक्षा किन ? कसरी ? विषयक प्रादेशिक सम्मेलन सम्पन्न भएको छ । शुक्रबार र शनिबार नवोदय शिशु सदन बोर्डिङ स्कूलको सभाहलमा हेटौंडा उपमहानगरपालिका लगायत अन्य संस्थाहरुको साँझेदारीमा गुणस्तरीय प्रारम्भिक बाल शिक्ष सम्बन्धी प्रदेशिक सम्मेलन सम्पन्न भएको हो । दुई दिन सम्म सञ्चालन भएको सम्मलेनमा बागमती प्रदेशको १३ वटै जिल्लाबाट प्रतिनिधिहरु सहभागी भएका थिए ।
पहिलो दिन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा तथा रातो बंगला फाउण्डेशनका अध्यक्ष शान्ता दीक्षितको सभाध्यक्षमा कार्यक्रम उद्धाटन भएको थियो ।
पहिलो दिन उद्घाटन कार्यक्रममा ३ सय ५० जनाको सहभागितामा ‘प्रारम्भिक बालशिक्षाको वर्तमान अवस्था’ विषयमा प्यानल छलफल कार्यक्रम भएको थियो । जसमा रातो बङ्गला फाउन्डेसनकी कार्यकारी निर्देशक एलिसना सुब्बाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए भने फाउन्डेसनकी उपाध्यक्ष तथा रातो बङ्गला विद्यालयकी प्रधानाध्यापक मिलन दीक्षित, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनकी प्राध्यापक मिनाक्षी दाहाल, नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेश जोशी र हेटौंडा–९,स्थित प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर पराजुली वक्ताको रुपमा सहभागी थिए ।
कार्यक्रमको दोस्रो दिन १० वटा कार्यशालाको आयोजना गरिएको थियो । जसमा ३ सय ३५ जनाको सहभागिता रहेको थियो । जसमा आत्मा आवश्यक बालकेन्द्रीत अभ्यास साक्षरता तथा संख्यात्मक, बालबालिकाको सर्वाङ्गिक विकासका लागि कार्यशाल,प्रारम्भिक बालविकास सुद्दढिकरण लागि व्यवहारिक समाधानहरु, बालबालिकाको व्यवहारिक सिद्धान्तहरु र स्थानीय सन्दर्भ अन्तर्गतको प्रश्नोत्तर लगायतका कार्यशालाहरुको सञ्चालन गरिएको थियो ।
कार्यशालमा सहभागी शिक्षक तथा प्रतिनिधिहरुले कार्यशालाबाट आफूले सिकेको र बुझेको सीप तथा ज्ञानहरुको बारेमा जानकारी गराएका थिए । रातो बंगला फाउण्डेशनले पहिले पनि विभिन्न पालिकाका पालिका प्रमुखहरुसँग प्रारम्भिक बाल विकासको आवश्यकताबारे छलफल गरेका थिए । उक्त छलफलको बारेमा प्रोजेक्टरमार्फत आयोजकले कार्यक्रममा जानकारी गराएका थिए । भर्खरै पढाएको सुरुवात गरेका बालबालिकालाई सानो रुखको बीच सम्झिएर राम्रो शिक्षा दिँदै फालाउने काम आफूले गर्नुपर्ने अनुभूति गरेको एक शिक्षिकाले बताइन् । उनले भनिन्–पहिला हामीले कक्षाका बालबालिकालाई काँचो माटो हो । जस्तो बनाउन खोज्यौं त्यस्तै बनाउन सकिन्छ भन्ने सोच राखेका थियौं । तर त्यो होइन रहेछ ।














प्रतिक्रिया दिनुहोस्