बैठकमा सहभागी प्रतिनिधिहरु ।

हेटौंडा । नेकपा मओवादी केन्द्र निकट संगठन अखिल नेपाल खेलकुद महासंघ दोस्रो वार्षिक साधारण सभा तथा हेटौंडामा हुने भएको छ । खेलकुद महासंघको कार्यसमितिको बैठकले वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रम हेटौंडा–५,स्थित दक्षिणकाली मन्दिरमा यही शनिबार गर्ने निर्णय गरेको छ । २०६२ सालमा माधव कोइरालाको अध्यक्षतामा गणतान्त्रिक खेलकुद महासंघकको नाममा २५ सदस्य कार्यसमिति गठन गरेर सुरुवात गरेको थियो । २०७९ सालमा भदौ १० गते भएको प्रथम अधिवेशनबाट भोजराज पराजुली सर्वसम्मत अध्यक्ष पदम चयन भएका थिए ।

अध्यक्ष पराजुलिका अनुसार मकवानपुरको ६ वटा पालिकामा खेलकुद महासंघको समिति गठन गरेको हो । उनको नेतृत्वमा गठित संगठनले सहिद स्मृति अन्तरपालिका फुटबल प्रतियोगिता, बागमती गाउँपालिकामा भेट्रान्स फुटबल प्रतियोगिता र मकवानपुरगढीमा फुटसल प्रतियोगिता गर्न सफल भएको उनले बताए । बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भीम पाख्रिन, जिल्ला सचिव बिर बहादुर घलान (ज्वाला), जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, सदस्य मदन उप्रेतीको उपस्थिति रहेको थियो ।