प्रतियोगिताको बारेमा जानकारी गराउन जानकारी गरेको सूचना ।

हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले पालिकास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले मकवानपुर जिल्ला भलिबल संघ सँगको संयुक्त आयोजनामा हेटौंडा–४,हुप्रचौरस्थित भलिबल कोर्टमा तेस्रो संस्करणको पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा आगामी जेठ महिनाको ४ गतेदेखि ६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भलिबल संघका सदस्य सदस्य नरेन्द्र मुक्तानले जानकारी दिएका छन् ।

राष्ट्रियका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्न मूल नाराका साथ आयोजना गर्न लागेको प्रतियोगिता मकवानपुरको १० पालिकाको महिला खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने भलिबल संघका सदस्य नरेन्द्र मुक्तानले बताए । जिल्लाका १० पालिका मध्य ९ पालिकाको महिला टिमको सहभागिता रहन सक्ने अनुमान गरिएको सदस्य मुक्तानले बताए । लिगकम नकआउट प्रणालीमा प्रतियोगिता सञ्चालन हुने उनले बताए । मकवानपुर जिल्ला खेलकुद विकास समिति र हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिले प्रतियोगिताका लागि समन्वय गर्ने उनले बताए । जेठ २ गते जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा प्रतियोगिताको खेलतालिका सार्वजानिक गरिने उनले बताए ।

प्रतियोगितामा प्रत्येक पालिकाले जिल्ला बाहिरका २ जना खेलाडीलाई सहभागी गराउने पाउने छन् भने राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भएका महिला खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन्न । मकवानपुर जिल्लामा महिला खेलाडीको उत्पादन गर्न, महिला खेलाडी छनौट गर्न, एक अर्काबीच भतृत्व सम्बन्ध कायम गराउन र खेलको रुचि बढाउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको बताउँदै सदस्य मुक्तानले भने–यस प्रतियोगिताको मार्फत खेलाडीको क्षमता र प्रर्दशनीलाई हामी मूल्याङ्न गरेर महिला टिम बनाउँछौं । जुन टिमले बाहिरी जिल्लाको प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । यस अघि जेठ ८, ९ र १० गते गर्ने भनिएको प्रतियोगिता प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको मिति परिवर्तन भएको कारणले छिट्टै गर्न लागिएको बताए । खेलाडीहरु दोलखा जिल्लामा हुने राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागी हुनुपर्ने भएकोले मिति परिवर्तन गरेको उनको भनाई छ ।

राजु घलेको संयोजनमा सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँको नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ८० हजार रुपैयाँको नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा सान्त्वना हुने टिमले ३० हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्् । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ७ लाख रुपैयाँ बजेट खर्च हुने आयोजकको अनुमान रहेको छ ।