हेटौंडा । हेटौंडा-८, कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजना जारी चौंथो संस्करणको कमाने प्रमियर लिग क्रिकेट प्रतियोगितामा कमाने एक्सपर्ट भिजन-११ ले पहिलो जित निकालेको छ । आइतबार हेटौंडा-८,स्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेलमा जारी प्रतियोगिता अन्तर्गतको दोस्रो दिनको खेलमा कमाने राइडर्सलाई ७१ रनले कमाने एक्सपर्ट भिजन-११ ले हराएको छ । यस अघि हिजो शनिबार भएको पहिलो खेलमा कमाने इप्लानेट ब्लास्टरसँग ६ विकेटले कमाने एक्सपर्ट भिजन पराजित भएको थियो ।

पहिले ब्याटिङ गरेको कमाने एक्सपर्ट भिजन–११ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा का १ सय ८६ रन बनाउन सफल भएको हो । सञ्जीव थापाले ५८ बलमा ९७ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । यद्यपि, थप ३ रन जोड्न सफल भएको भए उनी शतक पूरा गर्न सक्थे । सुजित पटेलले १८ बलमा ४१ रन इरफान अलिले ३६ बलमा २३ रनको योग्दान दिएका थिए ।

कमाने राइडर्सबाट नवि आलमले २ विकेट, प्रविन घिमिरे  र राम नरेश गिरीले समान १/१ विकेट लिएका थिए । १ सय ८७ रनको लक्ष्य पच्छ्याएर जवाफी व्याटिङ गरेको कमाने राइडर्सले १९ ओभर ५ बलमा १ सय १६ रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो । कमाने राइडर्सका लागि विष्णु राउतले २३ बलमा ३३ रन, प्रविन घिमिरेले १५ बलमा १६ रन र सुखेन्दु समनथाले २६ बलमा १३ बनाएका थिए । कमाने एक्सपर्ट भिजनबाट असीम श्रेष्ठ, सन्जीव थापा र सागर मगरले समान २/२ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सन्जीव थापा घोषित भएका छन् ।

हेटौंडा-४,स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट प्रतियोगिताको मुख्य प्रयोजकको रुपमा रहेको छ । प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एकलाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि ५/५ हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट दिन घोषणा गरेका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी