शुक्रबार देखि प्रर्दशनमा आएको नेपाली चलभित्र ‘कठपुतली’ हेर्न मल्टिप्लेक्समा दर्शकहरुको घुईचो देखिएको छ ।

यसैक्रममा चलचित्र हेर्नका लागि हेटौँडा ४ नारायणी मलमा रहेको एन एस सिनेमा हलमा पनि दर्शकहरुको भीड देखिएको छ ।

कोरोनाको कारण हलसम्म आउन नसकेका दर्शक झन्डै दुई वर्षपछि नेपाली चलचित्र हेर्न हलमा पुगेका थिए ।

लामो समयसम्म कोरोनाले संकटमा परेको भएतापनि नेपाली चलचित्र ‘कठपुतली’ ले हलमा चलचित्र हेर्ने दर्शकहरु फर्काएपछि सामाजिक सञ्जालबाट कलाकर्मीहरुले खुसी व्यक्त गरेका थिए ।

सम्पदा मल्लको लेखनमा चलचित्रलाई पृथ्वी रानाले निर्माण गरेका हुन् । चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, धु्रव कोइराला, उषा रजक, शिल्पा मास्के लगायतको अभिनित चलचित्रले राम्रो प्रतिक्रिया पाएको हो ।

यस्तै गरि अर्को चलचित्र साउथको हिन्दी डब चलचित्र ‘पुष्पा’ भने बक्स अफिसमा यथावत रहेको छ ।

अल्लु अर्जुन र रश्मीकाको मुख्य भूमिका रहेको चलचित्र बारे ट्रेलर सार्वजनिक भएदेखि नै राम्रो समीक्षा आएकाले नेपालमा यो चलचित्रले माहोल तताएको हो ।

दुबै चलचित्रप्रति पनि दर्शकको उत्साह छ भने अग्रिम टिकट बुकिङ्ग गर्नेहरु पनि को पनि उत्तिकैे छन् ।
चलचित्र हेर्नकालागि एनएस सिनेमा हलको संपर्क नम्बर –057-520949मा अग्रिम बुकिङ्ग गर्न सकिने हल संयोजक किशोर राज पौडेलले बताए ।