रोशन दिप – हिन्दी मुवी इंडस्ट्रीका बाहुबली भनेर चिनिने प्रभास स्टारर मुवी ‘आदिपुरुषका निर्माताले रिलिजअघि नै अपुर्व घोषणा गरेका छन् ।

ओम राउतले निर्देशन गरेको  मुवी  रिलिज भएपछि  रामकथा हुने ठाउँमा हनुमानको उपस्थिति हुने भएकाले हरेक भारतीय हलमा हनुमा नाममा   एउटा सिट खाली राखिने निर्माण पक्षले जनाएका छन् ।

विज्ञप्ती सहित  मुवी टिमले मंगलबार  जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘जहाँ रामायण पाठ गरिन्छ, त्यहाँ भगवान हनुमानको उपस्थिति हुन्छ । यही विश्वासका साथ हरेक थिएटरमा ‘आदिपुरुष’ प्रदर्शनमा भगवान हनुमानका लागि एउटा सिट खाली राखिनेछ ।’

भुषण कुमार, कृष्ण कुमार, ओम राउत,प्रसाद सुत्तर, राजेश नायरले निर्माण गरेका मुवीमा अभिनेता प्रभाष सँगै सैफअलि खान, कृति सानन, ओम राउत, सन्नी सिंह लगायतको अभिनय छ ।

 

ओम राउतले निर्देशन गरेको मुवी  हेटौडा ४ स्थित नारायणीमलमा रहेको एनएस सिनेमा हलमा पनि असार १ गते शुक्रबारबाट हेर्न पाइने भएको छ ।

सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।

एनएस सिनेमा हललेले भने हनुमान मात्रै नभएर भगवान राम, लक्ष्मण, सीता र हनुमानको नाममा सिट छुट्याउने भएको हलका संयोजक किशोर राज पौडेलले बताए ।

टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने संयोजक   पौडेलले बताए ।

‘आदिपुरुष’को कथा रामायणमा आधारित छ । फिल्ममा प्रभास रामको भूमिकामा देखिनेछन् भने कृति सीताको भूमिकामा देखिनेछिन् ।

सैफअली खान रावणको भूमिकामा देखिनेछन् । मुवीले बक्स अफिसमा बाजी मार्लाकी नमार्ला त्यो भने समयले नै बताउँछ ।

तर, तपाईँ भने एनएस सिनेमा हलमा भीएफएक्स र एक्सन दृश्यले भरिएको यो एपिक मुवी हेर्न नभुल्नु होला।