रोशन दिप –माघ २० गते  शुक्रबारबाट हलको दैलो टेक्न सफल निर्देशक रामबाबु गुरुङद्वारा निर्देशीत नयाँ मुवी हो पारिवारिक कथा वस्तु बोकेको सामाजिक नेपाली कथानाक चल्चित्र ‘फूलबारी’‘।

‘फूलबारी’ मुवी विपिन कार्कीकै लागि लेखिएको र बनेको हो भन्दा पनि गलत न होला किनकि जयनारायणको चरित्रमा उनले जुन प्राण र जुन जिवन्तता भरेका छन् । त्यसलाई हेर्दा चरित्रमा उनको विकल्प अरु हुनै नसक्ने आभाष हामीले गर्न सक्छौँ उनले गरेको अभिनयबाट । यो मुवीबाट उनले आफ्नो अभिनय करिअरमा अर्को एउटा बलीयो इट्टा थप्न सफल भएका छन् भन्दा पनि गलत नहोला ।

श्रीमती, सासू, आमा, हजुरआमाको विभिन्न आयाममा आफूलाई सशक्त रुपमा प्रस्तुत गरेकी अरुणा कार्कीको अभिनय पनि जिवन्त छ।

सोमनाथ खनाल, अनुपम शर्मा र मनिष ढकालको अभिनय पनि कम प्रशंसनीय छैन जो मुवीमा छोराको भूमिकामा देखिएका छन् ।

छोटो भूमिका भएता पनि हाउभाउद्वारा नै राम्रो अभिनय गर्न सफल अनुपमको चरित्र चित्रण विपिन कार्की पछिकै उम्दा देखिएको छ । प्रियंका कार्कीको अभिनय तारिफ योग्य नै छ । जहाँ उनी छुच्ची बुहारीको भूमिकामा देखिएकी छिन्।

दयाहाङ राईको चरित्र चित्रण पनि सुहाउँदो नै देखिएको छ । उनलाई जसरी चरित्र निर्माण गरिएको छ, त्यो रोचक छ ।

फरक परम्परा र संस्कृतिका भए पनि छरछिमेकी कसरी मिलेर बस्नुपर्छ, एकअर्कालाई समस्या पर्दा कसरी सहारा बन्नुपर्छ भन्ने सन्देश उनीहरुको चरित्रले दिएको छ ।

थिमअनुरुप फिल्मको ‘प्लट’ पनि फूलबारीमा फरक फरक फूलहरु हुन्छन् । परिवारभित्र फरक सोच, धारणा र दृष्टिकोणका सदस्यहरु हुन्छन् भन्ने कुरालाई फिल्मले सरल रुपमा बुझाएर विकसित गरीएको छ ।

त्यसैगरी अभिभावकप्रति सन्तानको जिम्मेवारी र कर्तव्य के हो भन्ने पनि सजिलैसँग अभिव्यक्त छ र अभिभावकप्रति गैरजिम्मेवार सन्तानलाई मुवीले जोडदार थप्पड दिन खोजेको देखिन्छ ।

मुवीमा प्रस्तुत गरीएको गीत कथावाचनको रुपमा प्रयोग गरिएका छन् । अमेरिकी छायाँकर जोस हेरमले खिचेका हरेक दृश्यले कथालाई न्याय दिएको छ । उनको ‘क्यामेरा फ्रेम’ सानदार छ । शैलेस श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर पात्रको भावअनुसार छ ।

विपिन कार्की र अरुणा क्षेत्री मुख्य भूमिका सहित दयाहाङ्ग राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ्ग, अनुपम शर्मा, लोकेन्द्र लेखक लगायतका कलाकार पनि प्रमुख भूमिकामा रहेका छन् ।

कमल किशोर मालपानीको कथा र कन्सेप्ट रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखेका छन् । मनिष ढकाल निर्माता रहेको मुवीमा मनिराम पोख्रेल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
यस अर्थमा ‘फूलबारी’ ‘वान टाइम वाच्ड’ मुवी हो । त्यसैले प्रत्येक नेपालीको भोगाइमा परेको घरभित्रको कथा महसूस गराउने मुवी नछुटाउँदा राम्रो हुन्छ। तपाइ भने एनएस सिनेमा हलमा गएर आफुलाई यो मुवी हेर्न न छुटाउनु होला ।

टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७ – ५२०९४९ अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।