रोशन दिप –हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा डिसेम्बर १ मंसिर १५ गते शुक्रबार देखि बहु प्रतीक्षित हिन्दी मुवी एनिमल रिलिज भइरहेको छ।

एडल्ट सर्टिफिकेट पाएको भएतापनि रणवीर कपुर अभिनित एनिमलले आक्रामक व्यापार गरिरहेको छ। ।‘एनिमल’ रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर मुवी बनेको छ। १८+ मुवीले एस्तो आक्रामक व्यापार गरेको यो हिन्दी फिल्म इंडस्ट्रीका लागी इतिहासमै पहिलो रेकर्ड हो ।

‘एनिमल’को माग यति धेरै छ कि भारतमा केही थिएटरले त बिहान साढे ७ बजेदेखि शो सुरु गर्ने निर्णय गरेका छन्।

भारतसँगै नेपालमा पनि एडल्ट सर्फिफिकेट पाएको बलिउड मुवी ‘एनिमल १६ वर्षमुनिका बालबालिकालाई हेर्ने प्रतिबन्ध लगाइएको छ । १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैले बालबालिकाहरुलाई ‘एडल्ट’ फिल्मको टिकट बिक्री नगर्न चलचित्र विकाश बोर्डले हल सञ्चालकहरुलाई अनुरोध समेत गरेको छ ।

सेलेक्टिभ दर्शक मात्रैको लागी एसरी एडल्ट सर्फिफिकेट पाएको  १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने १८+ मुवी भएतापनि  रिलिजको  चार दिनमा विश्वभर ४ अर्ब २५ करोड भारु कलेक्सन गरेको छ ।

भारतभर भने फिल्मले सोमबार ४४ करोड भारु कमाएको थयो। हिन्दी भाषामा ४० करोड भारु र दक्षिण भारतमा ४ करोड भारुको कलेक्सन गरेको थियो । योसँगै भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन २ अर्ब ४६ करोड २३ लाख भारु छ । सोमबार हिन्दी भर्जनको ओभरअल अकुपेन्सी ४८ दशमलव ९ प्रतिशत थियो ।

पहिलो सोमबार जवानको रेकर्ड तोड्यो

फिल्मको हिन्दी भर्सनले पहिलो सोमबार ४० करोड भारु कलेक्सन गर्ने शाहरुख खानको जवानको रेकर्ड तोडेको छ । जवानले पहिलो सोमबार ३२ करोड भारु कमाएको थियो । शाहरुख खानको यो फिल्म यो वर्ष सबैभन्दा धेरै कमाउने फिल्म हो । फिल्मको वल्डवाइड कलेक्सन ११ अर्ब भारु थियो ।

एनिमलले आइतबार तेस्रो दिन ७५ करोड भारु कमाएर नयाँ रेकर्ड बनाएको थियो । मात्रै ३ दिनमा फिल्मले ३ अर्ब ५६ करोड भारुको कमाइ गर्‍यो । यसको साथै फिल्मले विकेन्ड कलेक्शनमा दोस्रो ठूलो फिल्म पठानको रेकर्ड तोड्यो । तर फिल्मले जवानको वल्डवाइड रेकर्ड तोड्नेमा केहीले भने आशंका गरेका छन् ।

एनिमल’ सन्दीप रेड्डी वांगाको निर्देशनमा बनेको हो। कबीर सिंह र अर्जुन रेड्डी फेम सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’ मा रणबीर कपूर बाहेक बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर, तृप्ति डिमरी, शक्ति कपूर र सुरेश ओबेरोय लगायत धेरै कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

चलचित्रको संगीत पनि निकै रुचाइएको छ। हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा हलमा रिलिज भइरहेको छ ।

तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।