प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नआउने भएका छन्।
बैठक बिहान १० बजेका लागि समितिको सभाकक्षमा बोलाइएको थियो। बैठकमा नेपालको परराष्ट्रनीति कार्यान्वयनको सन्दर्भमा र प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने अमेरिकी भ्रमणको सम्बन्धमा छलफल हुने कार्यतालिका रहेको थियो। समितिको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाइएको थियो।
समिति सभापति पवित्रा निरौला खरेलले आज बिहान ८ बजे मात्र प्रधानमन्त्री नआउने जानकारी आएको बताइन्।
नागरिक न्युजबाट साभागरिएकोछ























प्रतिक्रिया दिनुहोस्