बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका रातो समाचार डटकम सार्वजानिक भएको छ ।

प्रविधिले फड्को मारेको समयमा सूचनाहरु संसारभर हेर्न र पढ्न सकिने भएकाले यस प्रविधितर्फ आकर्षण बढेका अवस्थामा यही प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिक समक्ष पुर्याउने सोचसहित बुधबारदेखि रातो समाचार डटकम थपिएको छ ।

आजको युगमा रेडियो, टिभी छापा पत्रिकासँगै अनलाइन पत्रिकाको अर्कै बिशेषता र भूमिका बनेको नेपाल पत्रकार महासंघ हेटौँडा शाखाका अध्यक्ष मणिराज गौतमले बताए ।

उद्घाटन तथा सार्वजनिक कार्यक्रममा बोल्दै लालखबर डटकमका प्रबन्धक राज सापकोटाले र संसारको जुनै कुनामा रहेर पनि सहजै सूचना नियाल्ने परिस्थिति बनेको बताए ।