बागमती प्रदेशको राजधानी हेटौँडाको डिजिटल अनलाईन पत्रिका रातो समाचार डटकमको संपादकमा सञ्जु चापागाई नियुक्त भएकी छिन् ।

समाजका कुरितिलाई खबरदारी गर्न र प्रविधिको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउनका लागि लालरत्न मिडिया प्रा.लि. द्धारा सञ्चालित अनलाईन पत्रिका रातो समाचारका लागी चापागाई नियुक्त भएकी हुन् ।

हेटौँडामा रेडियो आकाश गंगाबाट रेडियो पत्रकारिता सुर गरेर बिभिन्न रेडियो, अनलाईन पत्रिका लगायतका संचारमाध्यममा कार्य गरेर हाल प्रदेश २ मा बाराको कलैयास्थित संस्कार एफ.एम. मा कार्यरत रहेकी छिन् ।

२०७२ सालदेखि रेडीयोबाट सुरु गरेको रेडियो पत्रकारीतामा आबद्ध रहेको हरेक सञ्चारमाध्यमको प्रयोगले आउँदा दिनमा समाजमा भएका वेथितिलाई चिरफार गर्दै अघि बढ्न र आगामी दिनमा सफलता र उज्जवल भविष्यको हार्दिक शुभकामना रातो समाचारको तर्फवाट ।