मोरङको रतुवामाई नगरपालिकाले नगर भित्रका अति विपन्न तीन सय दलित परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।

नगर प्रमुख रविन राईले सोमबार वडा नं. ८ बाट विपन्न दलित परिवारको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्नुभयो । कार्यक्रमको सुरु गर्दै नगर प्रमुख राईले यो विपन्न दलित केन्द्रीत कार्यक्रम भएकोले वार्षीय तीनहजार पाँच सय रुपियाँ तिर्न नसक्नेलाई मात्र समेटिने बताउनुभयो । नगरले तयार गरेको तथ्याङ्कमा परेका अति विपन्नलाई स्वास्थ्यको पहुँचमा पु-याउँन निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख राईको भनाई छ । उहाँले नगरको नीति तथा कार्यक्रममा नै विपन्नको निःशुल्क स्वास्थ्य बीमा गरिने कार्यक्रम राखिएको बताउनुभयो । दैनिक जसो उपचार सहयोगका लागि आउनेको सङ्ख्या बढ्दै गएकोले यो कार्यक्रम ल्याइएको उहाँको भनाई छ ।

निःशुल्क स्वास्थ्य बीमा कार्ड पाएपछि वडा नं. ८ का ५० वर्षीय टङ्कबहादुर रोकाले भन्नुभयो–बल्ल अभिभावक पाए जस्तो भयो । उहाँले उपचारका जान आउन पनि नगरपालिकाले सहुलियत गरिदिनुपर्ने बताउनुभयो ।
नगरले दलित लक्षित कार्यक्रम सम्पन्न गरेपछि अरु समूदायका पनि अति विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमसँग जोड्ने भएको छ ।

टङ्कबहादुर रोकालाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गर्दै रतुवामाई नगथरपालिकाका नगर प्रमुख रविन राई ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो