मकवानपुर /मेची महाकाली दौड अभियानका जीवनाथ अधिकारी सहितको टोलीलाई हेटौंडामा स्वागत गरिएको छ । दौड अभियानमा रहेका बुद्धशान्ति गाउँपालिका झापाका मुख्य धावक जीवनाथ

अधिकारी सहित विकल भट्टराई, अनुप पौड्याल र रमेश अधिकारीलाई स्वागत गरिएको हो । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित झापाको बुधवारे जेसिज सँगको समन्वयमा सुरु भएको सचेतना दौड अभियानका टोलीलाई बुधाबार नगर खेलकुद विकास समिति हेटौंडाले स्वागत गरेको हो ।

अभियानको टोली आठौं दिनमा हेटौंडा आइपुगेको हरेक दिन ५० किलोमिटर दौडने कार्यतालिका रहेको जानकारी दिँदै २२ औं दिनमा कार्यक्रम समापन गर्ने लक्ष्य रहेको विकल भट्टराईले बताएका छन् ।

समितिका अध्यक्ष रविन्द्र घिमिरेको सभाध्यक्षता मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोइरालाको प्रमुख आतिथ्यता तथा एथ्लेटिक्स संघका अध्यक्ष, प्रभाकर पाण्डे, नगर खेलकुदका सदस्य विजय गौतम लगायतले टोलीलाई स्वागत सम्मान गरेका हुन् ।

रातो समाचार संवाददाता
थप जानकारी