बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका रातो समाचार डटकम लिएर आएका छौँ ।

पत्रकारिताको माध्यमार्फत समाजमा भएको हरेक घटनाहरु सकारात्म होस् या नकारत्मक होस् जस्तको त्यस्तै पस्कने सोच रातो समाचार डटकम लिएर आएका हौँैँ ।

यो प्रविधिले फड्को मारेको समय हो । प्रविधिमा आएको पछिल्लो विकास क्रमले इन्टरनेटमा भएको पोष्टका कारण श्रव्य, दृश्य, तस्वीर र अक्षरका माध्यमबाट हरेक समाचार हो स् या सूचना संसारभर हेर्न र पढ्न सकिने भएकाले यस प्रविधितर्फ आकर्षण बढेको छ ।ई.स.सन् १४५६ मा प्रिन्टिङ्ग प्रेसको आविष्कार भएपछि शुरु भएको पत्रकारिता अहिलेको समयमा आइपुग्दा छापा, रेडियो, टेलिभिजन हुँदै अनलाइन पत्रकारितासम्म आइपुगेको छ ।

विश्वमा इन्टरनेटको शुरुवात सन् १९६० दशकका भएसँगै विश्वमा अनलाइन पत्रकारिताको आरम्भ भएको मानिन्छ । सन् १९९२ मा इन्टरनेटमा प्रकाशित भएको थियो । यसपछि नै आधुनिक अनलाइन पत्रकारिताको शुरुवात भएको मानिन्छ ।

नेपालमा सन् १९८९ मा पहिलो पटक वल्र्डभ्यू नेपाल र नेपाल वातावरण पत्रकार समूहले इन्टरनेटको प्रयोग गरेको पाइन्छ । संस्थागतरूपमा वि।सं। २०४८ देखि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले इमेलको शुरु गरेको हो ।

निजी क्षेत्रको मर्कनटाइल कम्युनिकेसनले वि.सं.। २०५१ सालदेखि व्यावसायिक इन्टरनेट सेवा प्रदान गर्न थालेको हो ।

नेपालमा इन्टरनेट सुविधा उपलब्ध भएको झण्डै एक दशकअघि मात्र भए तापनि अनलाइनको शुरुवात भने देश बाहिर रहेका नेपालीहरूले त्यसअघि नै गरिसकेको भेटिन्छ ।

नेपालभित्रबाट भने अनलाइन पत्रकारिताको प्रारम्भ मर्कन्टाइलले सन् १९९५ मा साउथ–एसिया डट कममार्फत मर्कन्टाइलले कान्तिपुर पब्लिकेशन हाउसको अंग्रेजी दैनिक दि काठमाडौं पोस्टलाई आफ्नो साइटमा राखेर अनलाइन पत्रकारिताको प्रारम्भ गरेको थियो ।

मर्कन्टाइलले नै सन १९९८ मा नेपाल न्यूज डटकमको रूपमा आफ्नै अनलाइन पत्रिकाको शुरुवात ग¥यो । प्रारम्भमा नेपाल न्यूजले आफैं समाचार राख्नेदेखि अन्य पत्रिकाहरूलाई समेत आफ्नो साइटमा हालिदिने अन्य पत्रिकालाई समेत अनलाइनको संसारमा प्रवेश गराएको पाईन्छ ।

हामी पनि प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिक समक्ष पुर्याउने सोच सहित आएका हौँ ।

अनलाइन पत्रिकाको भीडमा हामी छौँ भने आज बाट शुभारम्भ गर्न पाउँदा खुशी छौं । अनि जिम्मेवारी र चुनौती पनि बढेको अनुभवपनि गरेका छौँ ।

आजको युगमा रेडियो, टिभी छापा पत्रिका सँगै अनलाइन पत्रिकाको अर्कै बिशेषता र भूमिका बनेको छ । प्रविधिले निकै फड्को मारेको अवस्थामा संसारको जुनै कुनामा रहेर पनि सूचना नियाल्ने परिस्थिति भएकै कारण अनलाइन पत्रिका लिएर आएका हौँ ।

हामी कसैको प्रतिद्धवन्दि होईनौ । हामी न प्रहरी न प्रशासन न्यायलय हौँ । तर, हामीमा आफ्नै जिम्मेवारीहरु छन् ।

हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।

मौलाएको बिकृतिलाई समेत चिरफार गरी अनलाइन पत्रकारिता प्रतिको विश्वासलाई थप बढाउने कोशिश गर्नेछौं ।

सञ्चार जगतलाई थप मर्यादित र विश्वसनीय बनाउने हाम्रो कोशीस हुने छ । सदैव हामी यहाँहरुको सुझावको प्रतीक्षामा छौं ।

हामीलाई सदैव तँपाईको साथ र सहयोग मिल्ने छ भन्ने आशा लिएका छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद