मकवानपुरको बागमतीमा बाघले आक्रमणगरेर गाई मारेको छ।

मकवानपुरको पूर्वी भेगमा पर्ने बागमती गाउँपालिका वडा नं. ७ मनसाही जरायोटार स्थित मनकामना सामुदायिक वनमा ४ वटा गाई मरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीय ६५ वर्षीय रुद्र बहादुर रानाले चैत ९ गते चारवटा गाई चराउनका लागि सामुदायिक वनमा छाडेको र गाई फर्केर नआएपछि खोजीका क्रममा घर देखी करिब १ कि.मि. दक्षिण तर्फ रहेको बनमै गाई मरेको अवस्थामा भेटिएको प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रवक्ता भण्डारीले जानकारी दिए अनुसार गाई मृत अवस्थामा फेला परेको भनी सोमबार प्रहरी चौकी झुरझुरेमा स्थानियले जानकारी गराएपछि उक्त स्थानमा पुगेपछि २ वटा गाईको पछाडीको शरिरको भाग खाएको २ वटा आक्रमण गरि मारेको देखिएको हो।

रातो समाचार संवाददाता
थप जानकारी