तस्विर गुगलबाट

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौँडाको मकवानपुरगढी गाउँपालिकामा सवारी दुर्घटना भएको छ । शुक्रबार १२ बजेर ३० मिनेटको समयमा मकवानपुरगढी गाउँपालिका–१ बादरखोल्सीको  भित्री सडकखण्ड लेनडांडाबाट बादरखोल्सीतर्फ जादै गरेको बा.प्र–०३–००१ख१४८९ नम्बरको ट्रिपर आफै अनियन्त्रित भई रोडबाट .१५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो । दुर्घटनामा परेर हेटाैंडा–१५ रातोमाटे बस्ने सवारी चालक सुकदेव पाख्रिन घाइते भएका थिए ।

घाइते भएका पाख्रिनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । उपचारको क्रममा २ बजेर १२ मिनेटको समयमा सवारी चालक पाख्रिनलाई डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।