तस्विर गुगलबाट

बागमती प्रदेशको राजधानी हेटौंडामा सवारी साधन दुर्घटना भएको छ । बुधबार बिहान १० बजेर ४५ मिनेटको समयमा हेटौंडा–१९ स्थित सान्नानिटार पुर्व पश्चिम सडकखण्ड मनहरीबाट हेटौंडा बजारतर्फ जादै गरेको ना ७ ख ४२३८ नं को खाली ट्यांकर र विपरीत दिशाबाट आउदै गरेको बागमती प्रदेश ०१–०२७ च १०६३ नं को ईसुजी पिकप गाडी एकआपसमा ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते हुनेमा हुँदा भक्तपुर जिल्ला चागुनारायण नगरपालिका-९ का ३३ वर्षका, बर्ष ११ को रियान त्यात, बस्ने ५ बर्षका रिवस त्यात, भक्तपुर नगरपालिका ५ बस्ने बर्ष ३२ को प्रकाश मठ्या, ६ वर्षका प्रसुन मठ्या र २२ महिनाको बालक प्रसुन रहेका छन् । घाइते हुनेहरुमध्य अरयान त्यातको हेटौंडा आखाँ अस्पतालमा उपचार भइरहेको र ट्यांकर चालकलाई नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।