हेटौंडा । हेटौंडामा विश्व वातावरण दिवस मनाईने भएको छ । टोल विकास नगर समन्वय समितिको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गर्दै ५२ औं विश्व वातावरण दिवस मनाइने भएको हो । मंलबार टोल विकास नगर समन्वय समिति र रिपोर्टस क्लब अफ मकवानपुरले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिहीबारदेखि बुधबारसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी गराएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन बिहीबार हेटौंडा–१९ स्थित वस्तीपुरमा रक्तदान कार्यक्रम, शुक्रबार फरेष्ट्री गेटबाट बसपार्क सम्म प्लाष्टिक जन्य सामाग्री विक्री नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम, शनिबार नगरभित्रका टोल विकास संस्थाहरुमा बिहान सफा हेटौंडा अभियान अन्तर्गत सरसफाइन कार्यक्रम र दिउँसो वनविज्ञान क्याम्पसमा नगर प्रमुख र उपप्रमुखसँग बाल बालिका कार्यक्रम संचालन हुने टोल विकास समितिका अध्यक्ष घुर्व अधिकारीले बताएका छन् । यस्तै आइतबार दिउँसो हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा फोहोर मैला व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका विषयक निबन्ध लेखन प्रतियोगिता हुने अध्यक्ष अधिकारीले बताएका छन् ।
सोमबार बिहान हेटौंडा–४ स्थित हुप्रचौरबाट हेटौंडा उपमहानगरपालिकासम्म वातावरण सम्बन्धी सचेतना मुलक साइकल ¥याली तथा सम्मान कार्यक्रम हुने उनले बताए । मंगलबार बिहान मनकामना मन्दिर जाने बाटो र जलेश्वर मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम तथा गर्ने बताउनुहुँदै दिउँसो खेर गएका बस्तुहरुबाट उत्पादित सामग्रीहरुको प्रतिस्पर्धा कार्यक्रम आयोजना गरिने बताए ।
यस्तै बुधबार बिहान रोयल पार्टी प्लालेसमा कपडाको झोला वितरण कार्यक्रम, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम र वातावरण सचेतना सम्बन्धी र्यालीले नगर परिक्रमा गर्ने उनको भनाई छ । सप्ताहव्यापी कार्यक्रमलाई सव्य र भव्य बनाउनका लागि उद्देश्यले टोल विकास संस्था, विद्यालय, खेलकुद संघ संस्था, क्लब, आमा समूह, स्वयंसेविका, धार्मिक, जातीय तथा सांस्कृतिक समूह, संचारकर्मी र नागरिक समाजका व्यक्तित्वहरुसँग समन्वय गरिएको पत्रकार सम्मेलन मार्फत उनले बताए ।



















प्रतिक्रिया दिनुहोस्