पत्रकार सम्मेलनमार्फत कार्यक्रमको बारेमा जानकारी गराउँदै ।

हेटौंडा । हेटौंडामा पहिलो बागमती युवा उद्यमी रोजगार महोत्सव हुने भएको छ । नेपाल उद्योग वाणिजय महासंघ, मकवानपुर उद्योग वाणिजय संघ आयोजनामा तथा बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको प्रयोजनमा यही असार १४ शनिबार र १५ गते आइतबार पहिलो पटक युवा उद्यमी रोजगारी महोत्वस–२०८२ हुने भएको छ ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा–२,स्थित पल्पसमा प्याराडाइजमा हुने महोत्सवमा हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहने मकवानपुर उद्योग वाणिजय संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले जानकारी दिएका छन् । महोत्वसमार्फत ५ सय जना युवाहरुमा रोजगारीको अवसर सिर्जना हुने संघका अध्यक्ष रानाभाटले बताए ।

युवाहरुलाई लक्षित गरेर आयोजना गर्न लागेको महोत्सवमा व्यवसायीक अवसर, बजारिकरणको तालिम, बैंककर्जाको प्रवाहको तयारी विषयमा जानकारी गराउनका साथै प्यानलन डिस्कसन कार्यक्रम पनि गरिने उनले बताए । रोजगारी मेलामा २५ वटा भन्दाबढी बहुराष्ट्रिय रोजगारदाताहरुको सहभागिता रहने र प्रत्यक्ष अन्तर्वाता तथा रोजगारी प्राप्तीको अवसर पाउने उनले बताए ।

महोत्सवमा विद्यार्थी तथा युवा लक्षित करियर काउन्सिलङ्ग, युवा उद्यमशीलताको प्रोत्साहन, स्टार्टअफ व्यवसायी सुरु गर्ने पक्रिया तयारी गर्नुका साथै रोजगारी र उद्यमशीलता सम्बन्धी विषयमा प्रत्यक्ष संवाद गरिने उनले बताए । महोत्सवमा सहभागी हुनेहरुले रोजगारिको अवसरमा पहुँच, सीप क्यारिकेचर विकास सम्बन्धी ज्ञान र उद्यमशीलताको व्यवयासी सुरु गर्ने तरिका पाउने उनले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी