हेटौंडा । हेटौंडा-४,स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टले शिक्षा संकायको विषयको पढाइलाई निरन्तरता दिने भएको छ । गत वर्ष हेटौंडा स्कुल अफ म्यानेजमेन्टले नवोदय शिशु सदन तथा नवोदय इनोभेसन सेन्टरको सहकार्यमा सञ्चालन शिक्षा संकायको पढाइलाई निरन्तरता दिने भएको हो ।
नेपालको शिक्षण क्षेत्रमा दक्ष तथा सीपयुक्त शिक्षकको अभाव देखिएको सन्दर्भमा सामाजिक उत्तरदायित्वको भावना र गुणस्तरीय शिक्षाको आवश्यकता महसुस गर्दै यस कार्यक्रमलाई निरन्तरता दिँदै गत वर्षकै जस्तै ३० जना विद्यार्थीलाई १००% निःशुल्क अध्ययनको अवसर प्रदान गरिने सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत क्याम्पसका प्रिन्सीपल पुरनबहादुर जोशीले जानकारी गराएका छ ।
उनले नेपाली विषयका लागि १० जना, अंग्रेजी विषयका लागि १० जना तथा गणित विषयका लागि १० जना विद्यार्थी छनौट्क गरेर ३० जनलाई नि:शुल्क शिक्षा शास्त्र विषय अध्ययन गराउने उनले बताए । हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा शैक्षिक सत्रका लागि विद्यालयमा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, शिक्षा तथा ब्यूटिसियन एण्ड हेयरड्रेसिङ संकायमा अध्ययनको अवसर उपलब्ध रहेको उनले बताए




























प्रतिक्रिया दिनुहोस्