नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनए अनुसार हालसम्म ११ हजार ६५ जनामा डेंगु संक्रमण भएको छ ।

मन्त्रालयका अनुसार सात वटै प्रदेशअन्तर्गतका जिल्लामा डेंगु फैलिएको छ ।

जसअनुसार प्रदेश १ मा ३४७, मधेस प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सुदूरपश्चिम प्रदेशमा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

डेंगु बाट बचाउने अभियानमा सरोकारवालाहरु पनि लागि परेका छन् ।

यसैक्रममा हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगका बिरामी बढ्दै गएपछि नियन्त्रण अभियान तिब्र पारेको छ ।

नगर प्रहरीको सहयोगमा स्प्रे अभियानलाई एक महिनादेखि नै निरन्तर वडा नम्बर १, २, ३, ४, ५, १८ र १९ नम्बर वडामा डेंगु नियन्त्रणका लागि नगरपालिकाले नियमित रुपमा स्प्रे अभियान जारी राखेको छ।

बिभिन्न स्थानमा स्प्रे गर्ने काम देखि सचेतनाका अभियान चलाएपनि अझै डेंगु रोगका बिरामी घटेको छैन भने डेंगु संक्रमित बढ्दै गएको छ ।
बिभिन्न वडाहरुले पनि सचेतनाका अभियान पनि जारी राखेको छ ।

मकवानपुरमा हालसम्म १ हजार ४ सय २९ जना डेगुंका बिरामी भेटिएको छन् । जसमा पुरुष ८ सय २६ र महिला ६ सय ३ जना रहेका छन् । जिल्लामा हालसम्म डेगुंका कारण एक जनाको ज्यान गएको छ ।