हेटौंडा । चितवन जिल्लाको माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको माडी–१, वाल्मीकि आश्रममा सम्पन्न कार्यक्रममा स्थानीय सञ्चारकर्मीलाई बेवास्ता गरिएको भन्दै नेकपा माओवादी निकट प्रेस सेन्टर नेपाल चितवन शाखाले आपत्ति जनाएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रेस सेन्टर चितवनलेनगरपालिकाले माडी बाहिरका केही पत्रकारलाई मात्र सहभागी गराई स्थानीय पत्रकारलाई बेवास्ता गरेको घटनाले पत्रकारहरूको मनोबल कमजोर बनाउने र पारदर्शिता तथा जवाफदेहितामाथि प्रश्न उठाउने प्रेस सेन्टरले जनाएको छ ।
यस्ता विभेदपूर्ण व्यवहार दोहोरिन नदिन नगरपालिकालाई गम्भीर ध्यानाकर्षण गराउँदै आगामी दिनमा पुनः यस्तै घटना दोहोरिएमा आवश्यक कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ । प्रेस सेन्टर नेपाल–चितवनका सचिव सुरेन कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्थानीय सञ्चारकर्मीलाई बेवास्ता गर्नु निन्दनीय छ, यस्तो गतिविधि नगरपालिकाको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाउने खालको भएको स्पष्ट देखिन्छ।”




















प्रतिक्रिया दिनुहोस्