हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४७ औं स्मृति दिवसको अवसरमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मकवानपुरले विचार गोष्ठी कार्यक्रमको आयोजना गरेको छ । बुधबार हेटौंडा–४,स्थित शितलमहलचोकको कार्यालयमा पार्टीका पोलिटब्युरो सदस्य घन प्रसाद गौतमको प्रमुख आतिथ्यमा तथा जिल्ला अध्यक्ष विष्ण दहालको सभाध्यक्षमा विचार गोष्ठी कार्यक्रम भएको हो ।
पार्टीका पोलिटब्युरो सदस्य घन प्रसाद गौतमले जनताले काम गर्ने नेता खोजेको बताए । भाषण गर्ने नेता नेपालमा धेरै भएकोले काम गर्ने नेतालाई आम जनताले मन पराउने उनले बताए । भष्टाचार , हत्याहिंसा , घोटाला , बिग्रेको कुराहरुनै समाचारका रुपमा बाहिर आइरहेका उनको भनाई छ । अब मिसन ८४ आउने भएकोले सबैले कामको सुरुवात गर्नुपर्ने उनले बताए । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य राजाराम स्याङ्तान , केन्द्रिय सल्लाहकार समिति सदस्य यादव गजुरेल , बागमती प्रदेश सदस्य माधव प्रसाद तिमल्सिना , कृष्ण बहादुर सापकोटा , पार्टीका जिल्ला उपाध्यक्ष धुर्ब भुजेलको उपस्थिति रहेको थियो ।























प्रतिक्रिया दिनुहोस्