हेटौंडा । ललितपूर जिल्लाको फ्रेण्डस क्लब आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । बागमती–४ झुरझुरेस्थित सहिद स्मृति रंगशालामा भएको क्वार्टरफाइनल खेलमा ललितपूरको फ्रेण्डस क्लबले काठमाडौंको प्लानिङ ब्वाइज युवा क्लबलाई टाइब्रेकरमा पराजित गरेको छ । निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएर खेल टाइब्रेकरमा पुगेको थियो । त्यसपछि पेनाल्टी सुट आउटमा पनि बराबरी भएपछि फ्रेण्डस क्लबले प्लानिङ ब्वाइज क्लबलाई ३–२ गोलले सडन डेथमा हराएको हो । अब सेमीफाइनलको खेलमा फ्रेण्डस क्लबले सर्लाही जिल्लाको बागमती युथ क्लबसँग प्रतिस्पर्धा गनुपर्नेछ ।
म्यान अफ द म्याचलाई पुरस्कार हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति सभापति ललितबहादुर घलान ।

प्लानिङका लागि टिम कप्तान फागुराम थारु र शिशिरको प्रहार गोल परिणत हुँदा प्रताप सिं राई, पुजन थापा र निङमा घिसिङको प्रहार पोष्टबाट बाहिरियो । फेन्ड्सका लागि सुदर्शन श्रेष्ठ, प्रशान्त लक्ष्मी र दिपेश गुरुङले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच फ्रेण्डस क्लबका महेन्द्र कार्की घोषित हुँदै १० हजार रुपैयाँको नगद पुरस्कार तथा ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोगिताको सेमीफाइनल खेल बुधबार र बिहीबार तथा फाइनल खेल शनिबार हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको उपविजेता टिमले १० हजार रुपैयाँ र उपविजेता टिमले ५ लाख रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।



















प्रतिक्रिया दिनुहोस्