अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ।

हेटौंडा । राष्ट्रिय खेल महासंघका पदाधिकारीहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेपा) र युवा तथा खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा राष्ट्रिय खेलसंघ तथा महासंघका पदाधिकारीहरुबीच अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रम खेलकुदको विकास गर्ने, खेलाडीहरुलाई उत्पादन गर्ने र खेल सहभागितालाई बढाउने विषयमा छलफल गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, राखेप कार्यकारी समिति र बोर्ड सदस्य, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहता र सुवासचन्द्र सिवाकोटी, खेल संघका पदाधिकारी लगायतको उपस्थिति सहभागिता रहेको थियो । अन्तरक्रियामा सहभागी प्रतिनिधिहरुले खेलकुद क्षेत्रको विषयमा आफूलाई लागेको धारण राखेका थिए ।

रातो समाचार संवाददाता
थप जानकारी