- चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले आइतबार अगस्ट १ तारिखमा हुने जनमुक्ति सेना (पीएलए) को ९५औँ स्थापना दिवस मनाउन आयोजित स्वागत समारोहमा सहभागी हुनु भएको छ । राष्ट्रिय रक्षा मन्त्रालयले ग्रेट हल अफ द पिपुलमा स्वागत समारोह आयोजना गरेको हो । चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीसँग ली खछ्याङ, ली झान्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी, हान झेङ र वाङ छियानलगायत पार्टी र राज्यका अन्य वरिष्ठ नेताहरू पनि सहभागी हुनु भएको थियो । –––रासस























प्रतिक्रिया दिनुहोस्