राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा बागमती प्रदेशको राजधानी हेटौंडामा नयाँ भवनबाट सञ्चालिच रहेको हेटौंडा अस्पतालको उद्धघाटन गरिने भएको छ ।

यही आउदो फल्गुण ९ गते मंगलबार गरिने भएको अस्पतालको उपकुलपति तथा मुल आयोजक समितीका संयोजक प्रा। डा। बिश्वाराज जोशीले बताए।

उक्त कमर्यक्रममा मदन भण्डारी विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाई, हेटौंडा अस्पतालका मेसु डा। रामचन्द्र सापकोटा, हेटौंडा अस्पताल संचालन तथा ब्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंलगायतको उपस्थिति रहेको थियो ।

गएको भदौ १९ गते देखी हेटौंडा अस्पतालको नव निर्मित भवनबाट सुचारु भएसंगै सेवाहरु थप प्रदान गर्दै आएरहेको छ।

अस्पतालले नबनिर्मित भवनबाट आफ्नो सेवा सुरु गरेदेखी क्रमिक रुपमा सेवा हरु थपिदै आइरहेको छ ।

बिस्तार गरेको सेवाहरु का कारण हेटौडा अस्पतालले ८० प्रतिशत अकं प्राप्त गनै सफल भएको छ।