हेटौंडा । हेटौंडाबाट प्रसारण हुँदै आइरहेको रेडियो थाहा सञ्चारले मकवानपुरगढीकी सुलोचना स्याङ्तानलाई सम्मान गरेको छ । शुक्रबार नेपाली नारीहरुको महान पर्व हरितालिका तीज विशेष कार्यक्रमको अवसरमा मकवानपुरगढीकी सामाजिक व्यक्तित्व सुलोचना स्याङ्तानलाई हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा यस वर्षको थाहा नारी रत्नबाट सम्मान २०८२ बाट सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा तथा रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जका प्रवन्धक निर्देशक अरुणराज सुमार्गीको सभाध्यक्षमा स्याङ्तानलाई सम्मानपत्र प्रदान गरिएको हो ।
रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीले तीजको पूर्व सन्ध्यामा महिलाहरुका लागि कार्यक्रमको आयोजना गरेको बताए । रेडियोले गरेको कार्यक्रमको प्रशंसा गरेकी थिइन् । यस्तै, कार्यक्रममा गैर सरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल लगायतले मन्त्वय व्यक्त गरेका छन् । कार्यक्रमको क्रममा गायिका पवित्रा यात्रीले आफ्नो साङ्गितिक प्रस्तुति दिएका थिए भने हेटौंडा एकेडेमी बोर्डिङका बालबालिकाले नृत्य प्रस्तुती गरेका थिए ।


















प्रतिक्रिया दिनुहोस्