बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दोस्रो नागस्ती  भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक नागस्वती बि वियजी भएको छ । आज बिहीबार हेटौंडा–१६ हटिया रंगशालामा भएको चौँथो खेलमा आयोजक नागस्वती भेट्रान्स बि ले एफसी सेलिङ काठमाडौं भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

आयोजक क्लबको तर्फबाट दोस्रो हाफको २२ औँ मिनेटमा निमा लामाले र ३३ औँ मिनेटमा कृष्णा शाक्यले समान १–१ गोल गर्दै टिमलाई विजयी गराएको हो ।

खेलको म्यान अफ द म्याच कन्या सुब्बा गुरुङ घोषित भए ।

 

प्रतियोगिताको उपाधी विजेता टिमले २लाख १ हजार रुपैया र उपविजेता टिमले १लाख १ हजार रुपैयाँ सहित शिल्ड , मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल असोज २० गते हुने छ ।