हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन २९ गतेदेखि चैत १४ गतेसम्म हुन लागेको दोस्रो बृह्त खेलकुद तथा कृषि पर्यटन महोत्सवको लागि स्टल बुकिङ खुल्ला गरिएको छ ।
हेटौंडा-१०,स्थित टिसीएन चौरमा हुन लागेको खेलकुद तथा कृषि पर्यटन महोत्सवको लागि स्टल बुकिङ केहि दिन पहिले नै खुल्ला गरिएको हो ।
आफुलाई चाहेको व्यापार गर्नका लागि व्यवसायीहरुका लागि जनरल स्टल राख्नका लागि २६ हजार रुपैयाँको शुल्क निर्धारण गरिएको र भने होटल व्यावसायी गर्नका लागि ४५ हजार रुपैयाँको शुल्क निर्धारण गरिएको खेलकुदका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिएका छन् । होटल व्यवसायीले स्टल राखे बापत विद्युत, पानी, २ थान टेबल र ४ थान कुर्सी पाउने उनले बताए ।
खेलाडीहरुलाई खेल जीवनबाट सुरक्षित जीवन यापन गर्न सकिन वातवरणको सिर्जन गर्न मेलाको आयोजना
खेलाडीहरुलाई व्यवसायी खेल जीवनबाटै सुरक्षित जीवनयापन गर्न सकिने वातावरणको सिर्जना गर्ने, खेलाडीहरु विदेश पलायन भएको कुरालाई मध्यनजर गरेर पलायनलाई रोक्नका लागि र खेल, पर्यटन र व्यवसायीलाई एउटै कडीमा चिनाउन सक्ने दक्ष खेलाडीको उत्पादन गर्नका लागि महोत्सवको आयोजना गर्न लागेको अध्यक्ष राजकुमार मोक्तानले बताए । महोत्सवमा राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, जिल्लास्तरीय व्याड्मन्ट्नि, जिल्लास्तरीय कराँते प्रतियोगिता, २२ किलोमिटरको दौड लगायतका प्रतियोगिता हुनेछ । यस्तै, १० जना खेलाडीहरुलाई जनही २५ हजार रुपैयाँको नगद पुरस्कारले सम्मान गरिने छ ।
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विजेता र उपविजेताले ४ लाख रुपैयाँ र २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सान्त्वना हुने दुई टिमले ५०÷५० हजार रुपैयाँको नगद पुरस्कार तथा मेडल प्राप्त गर्नेछन् । पुरुष भलिबल प्रतियोगिताको उपाधि र उपविजेताले १ लाख रुपैयाँ र ५० हजार रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । कराँतेको विजेता टिमले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँको नगद पुरस्कार र मेडल प्राप्त गर्नेछन् । २२ किलो मिटर दौडको विजेताले पनि कराँतेको विजेताले पाउनेनै रकम प्राप्त गर्नेछन् ।
हेटौंडा भित्रको सडक विस्तारको क्रममा बिस्तापित भएका व्यवसायीलाई सहयोग पु¥याउने उद्देश्यले लिएको उनले बताए । महोत्सवमा करिब ४ सय वटा व्यवसायीक स्टलहरु रहने उनले बताए । उनका अनुसार एउटा स्टलका व्यवसायीहरुसँग करिब २५ हजार रुपैयाँ लिइने उनले बताए । महोत्सवमा प्रवेश गर्न लागि दर्शकहरुसँग १ सय रुपैयाँको टिकट शूल्क लिइने उनले बताए । जेनजी आन्दोलनको क्रममा क्षति पुगेको मकवानपुर जिल्ला खेलकुदको भवन निर्माण र नष्ट भएको खेल सामाग्री खरिद गर्नका लागि महोत्वबाट आम्दानी भएको रकमको प्रयोग गरिने उनको भनाई छ । महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।




















प्रतिक्रिया दिनुहोस्