हेटौंडा । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा दोस्रो संस्करणको उपमेयर महिला फुटबल प्रतियोगिता हुने भएको छ । बैशाख २६ गतेबाट सुरु हुने उपमेयर कप महिला फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीको महिला टिम सहभागी हुने भएको हो । हेटौंडा फुटबल एकेडेमीको महिला टिमले आफ्नो पहिलो सेमीफाइनल खेलमा बैशाख २८ गते काठमाडौंको नेपाल पुलिस क्लबको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । उक्त खेलमा जीत निकाले हेटौंडा फुटबल एकेडेमीले सेमीफाइनलको यात्रा पूरा गर्ने प्रशिक्षक भीम लामाले जानकारी दिएका छन् ।
बीस पचहत्तर युवा परिवारको आयोजनामा हुने प्रतियोगिता हेटौंडा फुटबल एकेडेमीसहित ८ वटा टिमहरुके सहभागिता रहेको छ । ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राईजिङ स्टार क्लब, कपिलवस्तु, पद्मा स्पोर्टस् क्लब ओखलढुंगा, आरएस क्लब पोखरा, नेपाल पुलिस क्लब, संकटा क्लब काठमाडौं र आयोजकको टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ २ गते हुने बताइएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सर्वोकृष्ठ खेलाडीलाई २५ हजार तथा अन्य विभिन्न विधाका उत्कृष्ठ खेलाडीलाई १०/१० हजार रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् ।



















प्रतिक्रिया दिनुहोस्