भुवनकुमार पाठक ।

हेटौँडा । बागमती प्रदेशसभाका सभामुख भूवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । गत भदौ २३ गते जेन-जी आन्दोलनका क्रममा भएको प्रदर्शनमा राज्यको बेवास्ता र जनताको चासोलाई सम्बोधन नगरेको भन्दै आलोचना चुलिएपछि पाठकले नैतिक जिम्मेवारीस्वरूप पद त्याग्ने घोषणा गरेका हुन् ।

उनले २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए भने आज बुधबार औपचारिक रुपमा प्रदेशसभा उपसम्भमुखमार्फत पद त्याग पत्र पेस गरेका हुन्।

पाठकले राजीनामा पत्रमा लेखेका छन्, “राष्ट्र र जनताको भावनालाई ध्यानमा राख्दै र युवा पुस्ताको चाहना विपरीत परिस्थितिमा निरन्तर रहने स्थिति नभएकोले मैले सभामुख पदबाट राजीनामा दिने निर्णय गरेको छु।”

प्रदेशसभाका नियमावली अनुसार अब उपसभामुखले प्रक्रिया अगाडि बढाउनेछन्। यससँगै बागमती प्रदेशसभामा नयाँ सभामुख चयनको प्रक्रिया सुरु हुने भएको छ।

भुवनकुमार पाठकको राजीनामापत्र ।