हेटौंडा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएको उम्मेद्वारीहरुले उम्मेद्वारी फिर्ता लिएनन् । मंगलबार प्रतिनिधि सभा सदस्य पदका लागि विभिन्न दलीय तथा स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका कुनैपनि उम्मेद्वारीले उम्मेद्वारी फिर्ता नलिएका हुन् ।
निर्वाचन कार्यालयले सार्वजानिक गरेको निर्वाचन सम्बन्धीको कार्यतालिका अनुसार शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता फिर्ता लिनका लागि बिहान १० बजेबाट दिउँसो १ बजेसम्म समय तोकिएको थियो ।

जस अन्तर्गत मनोनयन दर्ताको समयमा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वारी दर्ता गराएका ४४ जना उम्मेद्वारीहरु आफ्‌नो उम्मेद्वारी फिर्ता नलिएको निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ । प्रतिनिधि सभा सदस्य २०८२ को दफा ३६ बमोजिम उम्मेद्वारीमा नाम प्रकाशन भएका कुनै पनि उम्मेद्वारीको नामावालीबाट फिर्ता सूचना नपरेको पत्रमा उल्लेख गरिएको ।
सांसद बन्नका लागि नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी, श्रम संस्कृति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत स्वतन्त्रबाट उम्मेद्वारी दर्ता भएका छन् ।
रातो समाचार संवाददाता
थप जानकारी