मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा निर्वाचित भएका भागवत घिमिरेले विगतको कार्यकालमा सुरु गरेको कार्य पुरा गर्न र थप काम गरिने बताए ।

स्थानिय तहको निर्वाचन २०७९ मा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका घिमीरेले पार्टीले गरेको विश्वास अनि जनताले दिएको मतको कदर गर्दै प्रतिवद्धता अनुसार काम गरिने बताए ।

वडा अध्यक्षको उम्मेदवार बनेका घिमिरेले ९४३ मत प्राप्त गर्दै विजयी भएका हुन् भने अध्यक्षका अर्का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अर्जुन प्रसाद दाहालले ८८६ मत प्राप्त गरेका हुन् ।घिमिरे पुन निर्वाचित हुदै दोहोरिएका हुन् ।

 

वडाध्यक्षमा विजयी भएका  भागवत घिमिरेले के भने त ? जानकारीका लागि तल भएको भिडियो हेर्नुहोस् ।