बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दास्रो नागस्वती भेट्रान्स फुटबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा आयोजक नागस्वती भेट्रान्स ए विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । आज हेटौंडा–१६ स्थित हटिया १६ रङ्गशालामा भएको क्वाटर फाइनल खेलमा नागस्वती ए ले अभिषेक चर्चलाई पराजित गर्दै ट्राइब्रेकरका २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समयमा १–१ गोलको बराबरीमा रोकिएर खेल ट्राइब्रेकरमा पुगेको थियो ।
नागस्वतीका गोलरक्षक दिलिप क्षेत्री खेलको म्यान अफद म्याच बन्न सफल भए ।

प्रतियोगिताको विजेता समुहले नगद २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल गेमम असोज२० गते हुने छ ।
























प्रतिक्रिया दिनुहोस्