रञ्जन यादव – बारा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएका एमालेको एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ।
उपमहानगरको वडा नं. ९ मा नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका भुदेव चौधरीको मनोनयन दर्ता खारेज भएको हो।
चौधरीको नाम समानुपातिक सूचीमा रहेको र त्यसबाट नाम नहटाइएकोले दोहोरो उम्मेद्वारी दिन नमिल्ने भएकाले मनोनयन खारेज भएको जनाईएको छ ।
उपमहानगरपालिकाका मुख्य निर्वाचन अधिकृत टिकामणि न्यौपानेका अनुसार उहाँको नाम निर्वाचन आयोगको सिस्टमले लिँदै नलिएर रिजेक्ट गरेपछि चौधरीको नाम खारेज गर्नुपरेको हो।
बाराका भुदेव चौधरीको नाम समानुपातिक सूचीको ६९ औँ क्रमसंख्यामा रहेको बताइएको छ।
यता नेकपा एमालेका नगरअध्यक्ष एवं उपमेयरका उम्मेदवार भोला अधिकारीले पनि पार्टीले पठाएको नामावली सूचीमा सबै ठिक रहेको तर निर्वाचन आयोगको अभिलेखमा नाम रहेको हुनाले प्राविधिक त्रुटिका कारण त्यसो भएको बताउनु भयो।

















प्रतिक्रिया दिनुहोस्