Rato Samachar
Fri, 17 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार सुदुरपश्चिम प्रदेश

गड््यौलापालनको महत्व बुझ्दै किसान

गड््यौलापालनको महत्व बुझ्दै किसान
कञ्चनपुर, १५ साउन ९रासस०ः भीमदत्त नगरपालिका– २ भाँसीका ललित अवस्थीले आठ वर्षअघि व्यावसायिक रुपमा गड््यौलापालन सुरु गर्दा स्थानीय पढेलेखेको मान्छेले के गर्न थालेको हो भनेर मुखामुख गर्थे । गड््यौला खेतमै थुप्रै पाइन्छ किन खरिद गरेर ल्याएर पाल्नु परेको होला भनेर भनेर हाँस्थे ।

गड््यौला पालन सुरु गर्दा गिज्यउने व्यक्ति पनि अहिले गड््यौलाबाट उत्पादित कम्पोष्ट मलको महत्व विस्तारै बुझ्दै जान थालेका छन् । “हाँस्नेहरुले नै गड््यौला मलको माग गर्न थालेका छन् । मलको माग अधिक छ” अवस्थीले भन्नुभयो, “मागअनुसारको मल उत्पादन गर्न सकिरहेको छैन ।” बाह्र वटा चेम्बरमा अवस्थीले भर्मी मल उत्पादन गर्दै आउनुभएको छ । मलको माग अधिक आउन थालेपछि आधुनिक उपकरणसमेत उहाँले राख्नुभएको छ । मल परीक्षण गरी प्लाष्टिकरहित प्याकेटमा राखेर मागअनुसार आपूर्ति गर्ने व्यवस्था गरिएको छ । माटोलाई प्लाष्टिकजन्य वस्तुले असर गर्ने हुनाले प्राङ्गारिक वस्तुले नै प्याकिङ गरी मल बिक्री गर्दै आएको उहाँको भनाइ थियो ।

प्याकिङमै लेवल राखेर त्यसमा कुन बोट बिरुवामा कसरी कति मात्रा मल राख्ने भनेर उल्लेख गरिएको छ अवस्थीले भन्नुभयो, “मल प्रयोगकर्ताले सजिलै बुझन सकुन भनेर यस्तो गरेका छौँ ।” गड््यौलाले उत्पादन गरेको मल किसान माझ निकै लोकप्रिय हँुदै गएको छ । बिरुवाको वृद्धि विकासका लागि यस मलमा पोषक तत्व नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम, म्याग्नेसियम, फलाम, मोलिब्डेन लगायत तत्व पाइन्छ ।

विशेषगरी नर्सरी र गमलामा घर सजावटका लागि राख्ने बिरुवा र धानको बेर्नामा राख्नका लागि यो मलको माग बढी आउने गरेको छ । खेतबारीमा हाल्नका लागि समेत किसानले यही मल माग गर्न थालेका छन् । यसवर्ष ४० क्वीन्टल मल रु तीन हजार ५०० का दरले बिक्री गरेको उहाँले बताउनुभयो । गड््यौला मात्रै एक गैरसरकारी संस्थालाई एक सय किलो रु दुई हजार ५०० प्रति किलोका दरले बिक्री गरेको अवस्थीको भनाइ थियो ।

“पहिला मल बेच्नै गाह्रो थियो । किसानलाई मलको महत्व बुझाउनै झनै गाह्रो थियो । हाल किसानले मलको महत्व बुझेपछि माग अनुसारको मल पु¥याउनै गाह्रो भइरहेको छ” उहाँले भन्नुभयो, “ गड््यौलाले उत्पादन गरेको मल खेतमा राखेर यसले रासायनिक मलजस्तो तत्कालै उत्पादन बढाउँदैन । मल राख्दै गए माटोको गुणस्तरमा सुधार गरी विस्तारै उत्पादनसमेत बढाउँदै लैजान्छ।” मल उत्पादनका लागि अवस्थीले इस्रियाफोइटिडा नामक गड््यौलापालन गर्नुभएको छ ।

किसानले मल मात्रै होइन गड््यौलासमेत खरिद गरी घरमै मल उत्पादन गर्नसमेत थालेका छन् । अवस्थीबाट गड््यौला खरिद गरेर कृष्णपुर नगरपालिका–२ का ईश्वर थापाले समेत घरमै भर्मी कम्पोष्ट मल तयार गर्नका लागि आठ वटा च्याम्बर राख्नुभएको छ । रु दुई हजार ५०० प्रतिकिलोका दरले चार किलो मल तयार गर्ने गड््यौला खरिद गरेको उहाँले बताउनुभयो ।“चेम्बरमा राख्नका लागि आठ किलो गड््यौला माग गरेको थिए” थापाले भन्नुभयो, चार किलो मात्रै पाएको छु । चेम्बरमा कच्चापदार्थ राखेर मल तयार गर्न जुटेको छु” उहाँले भन्नुभयो । थापाजस्तै कृष्णपुर नगरपालिका– २ वाणीका शेरबहादुर सिंहले समेत एक दशकदेखि घरमै बनाइएको चेम्बरमा गड््यौलापालनबाट भर्मी कम्पोष्टमल तयार गरी खेतबारीमा राख्दै आउनभएको छ ।

चितवनको रामनगरका किसानले पनि गड््यौला पालन गरी मल उत्पादन गरेको हेर्न गएका बखत प्रति गड््यौला रु दुईका दरले खरिद गरी ल्याएर घरमै पाल्न सुरु गरेका हुन् । “पानीले कुहाउने स्याउला, पुरानो गोबर, गत्ता, केराको थाम, जुटका बोरी, खेर गएको तरकारी, सुती कपडालगायत कुहिने वस्तु चेम्बरमा राख्छाँै । यी वस्तु राखेको ४५ दिनमै मल तयार हुन्छं” उहाँले भन्नुभयो, “ गड््यौलाले खाएर मल उत्पादन गर्छन् ।”

नुन, प्लास्टिक, सुर्ती, सोडा, साबुन भने हाल्नै नहुने सिंहले बताउनुभयो । उहाँसँगै चितवनमा गड््यौलापालन अवलोकनका लागि गएका २५ जनामध्ये छ÷सात जनाले मात्रै गड््यौलापालन गरी मल उत्पादन गर्दै आएका छन् । गड््यौला पालनमा लागेकामध्ये केहीले तरकारी खेती गरी मनग्य आम्दानीसमेत लिँदै आएका छन् । गड््यौला मात्रै वर्षको रु आठ हजारदेखि रु १० हजारसम्मको बिक्री हुने गरेको सिंहले जानकारी गराउनुभयो ।

रासायनिक मल हालेर अम्लीयपन बढी भएको खेत सपार्नका लागि भर्मी कम्पोष्टमल राख्नुपर्ने उहाँको सुझाव थियो । “दश डोका गोबरमल बराबर एक डोका भर्मी कम्पोष्ट मलले काम गर्दछ” सिंहले भन्नुभयो, “यसले माटोको गुणस्तर सुधार गर्ने गरी उर्वराशक्ति बढाउछ ।”
गड््यौलाले कुनैपनि कृषिजन्य प्राङ्गारिक पदार्थ खाएर गरेको दिसा मिसिएको मलनै भर्मि कम्पोष्ट मल भएको कृषि प्राविधिक करनबहादुर बुढाएरले बताउनुभयो । बिरुवाका लागि हानिकारक मानिने जीवाणुलाई मार्ने रसायनको मात्रा यस मलमा बढी हुनेगर्दछ । मल भण्डारण भएका पोषकतत्व पानीको प्रवाहले नपखालिने, जतिसुकै कलिला बिरुवाका लागि पनि सजिलै प्रयोग गर्न सकिने उहाँको भनाइ थियो ।

गड््यौलाले हरेक २४ घण्टामा आफनो तौल बराबरको भर्मि कम्पोष्ट मल तयार गर्ने भएकाले छिटोछिटो तयार गरी उत्पादन वृद्धि गर्न सकिने प्राविधिक बुढाएरले बताउनुभयो । “भर्मि कम्पोष्टमल तयार गर्दा गड््यौलालाई चिस्यान आवश्यक पर्ने भएकाले त्यसै प्रकारले चेम्बर निर्माण गर्नुपर्छ” उहाँले भन्नुभयो,“मल बनाउँदा राम्रोसँग ओइलाएको पातपतिङ्गर, गाईभैँसीको गोबर, गोबरग्यास प्लान्टको उपउत्पादन, झारपात, घरबाट निस्केको फोहर, सागपातको डाँठ, बोक्रा, पुराना कागज, गोठबाट निस्केको फोहर राख्न सकिन्छ ।”

गड््यौला राख्दा प्राङ्गागरिक पदार्थ राखी गड््यौला राख्दै क्रमशः दोह¥याउँदै जाने र माथिबाट जुटको बोराले छोपी हल्का पानी छम्केर राख्नु पर्दछ । भान्सा तथा बगैँचाबाट निष्केको फोहर थप्दै जाने र दुईदेखि तीन दिनको फरकमा हत्का पानी छम्कने कार्यले गड््यौलालाई चाहिने आवश्यक चिस्याउन कायम हुन्छ ।”गड््यौला राखिएको थुप्रोलाई समय समयमा पल्टाउने कार्य गर्दा मल राम्रोसँग पाकेर तयार हुन्छ । मललाई छायाँमा सुकाएर चाल्ने र त्यसपछि प्रयोग गर्न सकिन्छ । भर्मि कम्पोष्ट मल एक बोटमा दुई किलोका दरले प्रयोग गर्न सकिने प्राविधिक बुढाएरले बताउनुभयो ।
रासस

फाइल तस्विर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

दुई तिहाइ सरकारको मिडियामाथिको पहिलो प्रहार :अध्यक्ष निमर्ला शर्मा 

रातो समाचार संवाददाता

साना निजी मिडियाले सरकारी कार्यालयबाट सूचना तथा विज्ञापन नपाउने

रातो समाचार संवाददाता

इनिसा विकलाई न्याय माग्दै मकवानपुर बहुमुखी क्याम्पसको संयुक्त विद्यार्थी संगठनद्वारा प्रदर्शन

लोकप्रिय



भर्खरै

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

Tipps zur Erkennung sicherer nicht lizenzierter Sportwetten in Deutschland

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

Mostbet Aplikace vs. Website: Která možnost je pro vás lepší?

हेटौडामा ९९+ इजि मार्ट उद्घाटन

150% Casino Bonus + 12, 000 Bdt Sports Welcome Offer

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology