हेटौंडा । कमाने क्रिकेट क्लबको आयोजना तथा हेटौंडा–४,स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइनसको मुख्य प्रयोजनामा हुन लागेको चौंथो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजानिक भएको छ ।

कमाने क्रिकेट क्लबले मंगलबार आफ्‌नो आधिकारिक फेसबुक पेजमार्फत खेलतालिका सार्वजानिक गरेको छ । शनिबारबाट हेटौंडा–८,स्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु हुनेछ ।

शनिबारको पहिलो तथा उद्धाटन खेलमा कमाने इ प्लानेट ब्लाष्टर र कमाने एक्सपर्ट भिजन–११ बीच प्रतिस्पर्धा हुनेछ । सोहि दिन दोस्रो खेलमा कमाने लायन्स र कमाने रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । माघ १७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी दिए ।

प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

रातो समाचार संवाददाता
थप जानकारी