हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ा आयोजना गरेको तीज लोकगीत प्रतियोगितामा चन्द्रादेवी लामाको समूह प्रथम भएका छन् । हरितालिका तीजको अवसरमा मंगलबार हेटौंडा–४,स्थित हेटौंडा पार्टी प्यालेसमा आयोजना गरेको प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाकी लामाको समूह प्रथम भएका हुन् ।
यस्तै हटौंडाकी पतञ्जलीकी समूह द्वितीय, हेटौंडाको कृतिका भण्डारीको समूह तृतीय र भीमफेदी गाउँपालिकाको नमुना आमा समूहको टिम सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार रुपैयाँ, ८ हजार रुपैयाँ, ६ हजार रुपैयाँ र ४ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् । संस्कृतिक पर्यटन विकास मन्त्रालयको सहकार्यमा भएको तीज गीत प्रतियोगितामा १४ वटा समूहहरको सहभागिता रहेको थियो ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षमा तथा संस्कृतिक पर्यटन विकास मन्त्रालयका मन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाुकमारी लामाको पनि आतिथ्य रहेको थियो ।


















प्रतिक्रिया दिनुहोस्