सुनचाँदीको आपूर्ति व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग अग्रह गर्ने निर्णय गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको आयोजनामा आइतबार बसेको तीन महासंघको संयुक्त बैठकले तीन महासंघले सरकारसँग अग्रह गर्ने निर्णय गरेको छ।

सुनचाँदीको आपूर्ति व्यवस्था ठप्प भएपछि वैकल्पिक ब्यवस्था मिलाउनका लागि अवलम्वन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको जनएको हो ।

अत्यावश्यक वस्तुबाहेक अन्यवस्तुहरुको एलसी नखोल्ने बैंकहरुको गत सताको निर्णय सँगै सुनचाँदीको आपूर्ति ठप्प भएपछि लाखौँको रोजगारी संकटमा पर्न गएको भन्दै विकल्प खोज्न आग्रह गर्ने भएको हो ।

विदेशी मुद्राको सञ्चिती घटेको अहिलेको अवस्थामा बैंकहरुवाट ल्याइने सुनको आपूर्ति रोकिए पनि बजारलाई सुचारु राख्न बैकल्पिक ब्यवस्था गर्नुपर्ने  बताइएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य, नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका अध्यक्ष सुरेस मान श्रेष्ठ, नेपाल हस्तकला ब्यवसायी महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल सुनचाँदी ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली लगायतको उपस्थिति रहेको थियो ।