लुम्बिनी प्रदेशको रुपन्देहीमा भ्यू टावरको उद्घाटन गरिएको छ।

रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित शंकरनगर बनबाटिकामा निर्माण गरिएको भ्यू टावरको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्धारा मंगलबार उद्घाटन गरिएको हो।

२०७४ चैत्र १५ गते शिलान्यास गरिएको १० तला एक सय ३४ फिट उचाइ मा रहेको भ्युटावर चार वर्षमा निर्माण सम्पन्न भएको जनाईएको छ ।

कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको भ्युटावर प्राकृतिक निर्माण सेवाले ठिक चार वर्षमा पूरा गरेको हो।

निर्माणमा ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको लागत रहेको छ ।

भुईतला ३हजार ५ सय ९५ बर्गफिट कुल २५ हजार १सय २२ बर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको छ ।

तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण गरिएको भ्युटावरमा पहिलो देखि छैंठौ तलासम्म व्यवसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएको र सातौं तलादेखि दृश्यावलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ।

भ्युटावरमा होटल, पर्यटक विश्राम स्थल, रिसर्च रुम, डिपार्टमेन्टल स्टोर, कार्यालय कक्ष, शौचालयको शुबिधा लाइब्रेरी लगायतका संरचना बनाइएको मेयर बासुदेव घिमिरेले बताए।

उनले बुटवल, भैरहवा र लुम्बिनीसम्म देख्न सकिने गरि दुरविनको प्रयोगबाट भारतको गोरखपुर, नौतनवा सम्मका सहर देख्न सकिने बताए।

‘तिलोत्तमा भ्युटावर’ नगरपालिकाको गौरव र गहना भएको दावी गरेगर्दै सुविधा सम्पन्न स्तरको भ्युटावर रहेको मेयर घिमिरेले दावी गरे । पर्यटकलाई आकर्षित गर्ने र आर्थिक पाटोमा पनि नगर अघि बढ्ने बताए।

मेयर बासुदेव घिमिरेले बताए अनुसार लिफ्ट सुविधासहित बनेको भ्यू टावरसँगै २ विगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरु समेत निर्माण भइरहेको छ ।