हेटौंडा । हेटौंडा–५,स्थित  हेटौंडा सिटी कलेजले कक्षा–११ का विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

यसै वर्ष सिटी कलेजमा भर्ना भएर आएका विद्यार्थीको सहभागितामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

शैक्षिक शत्र २०८३ मा कलेजमा भर्ना भएर आएका विद्यार्थीका लागि आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालय स्तरबाटै आफ्‌नो क्षमताको विकास गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।

कलेजमा नयाँ भर्ना भएर आएका विद्यार्थीकाहरु कलेजमा घुलमिल हुने वातावरण मिलाउन कार्यक्रम गरिएको थियो ।