बागमती । मकवानपुरको पूर्वी भेगमा पर्ने बागमती गाउँपालिका–८ ,स्थित सात तल्लेको मानववस्तीको एक एक घरमा विश्वै सबैभन्दा लामो तथा विषालु मानिने किङ्ग कोबा सर्प भेटिएको छ ।
उक्त स्थानको टिकाराम पाख्रिनको घरबाट करिब ९ फिट लामो किङ्ग कोब्रा सर्पको मकवानपुरका सञ्चारकर्मी एवम्सर्प सर्प उद्दारकर्ता राजेश थापा गरिब र रोशन थापा दीपले उद्दार गरेका हुन् ।


नयाँवर्ष २०८३ सूर हुने क्रमसंगै बैशाख १ गतेदेखि जेठ – ११गतेको अवधीमा मकवानपुरको विभिन्न स्थानको घरहरुबाट ५ वटा विश्वकै सबैभन्दा लामो तथा विषालु किङ्ग कोब्रा मात्र उद्दार गरेका छन् ।

यस अघि पनि करिब एक वर्ष पहिले डिभिजन वन कार्यालय मकवानपुर सँगको समन्यमा लगभग १२ फिटकै किङ्ग कोब्रा सर्पको उद्दार गरिसकेका थिए भने बागमतीबाट चौथो पटक किङकोब्रा सर्पको उद्दार गर्न सफल भएका हुन् ।
बागमतीका स्थानीय वासिन्दाले फोन मार्फत त्रसित हुँदै सर्प आएको भन्ने खबर दिएपछि तत्तकालै हेटौंडाबाट बागमती मै पुगेर सर्प उद्दारकर्ता राजेश थापा गरिब र रोशन थापा दीपले करिब ९ फिट लामो किङ्ग कोब्रा सर्पको उद्दार गरेका हुन् । सबडिभिजन वनसंगको समन्वयमा इलाका प्रहरी कार्यालयका प्रहरी वडा नम्बर – ८का वडाध्यक्ष इन्द्रमणि तिमल्सिना केशव सहित स्थानीय वासिन्दाहरुको उपस्थितिमा उक्त किङ्ग कोब्रोको सकुशल रुपमा उद्दार गरेर सुरक्षित वासस्थान मानव वस्ती भन्दा टाढा जंगल क्षेत्रमामा छाडिएको हो ।

डेढ वर्षको अवधीमा राजेश गरिब र रोशन दीपले मकवानपुर जिल्लाभरीबाट किङ्गकोब्रा सर्प मात्रै १३ वटा उद्दार गर्न सफल भएका छन् । उनीहरु यस अघि हेटौंडा –९ बाट २ वटा हेटौंडा १० र १९ बाट १–१ वटा हेटौंडा–१६, बाट २ हेटौंडा १७ बाट १वटागरी ७ वटा  उद्धार गरेका हुन् ।  गाँउपालिका अन्तरगर्त मकवानपुरगढी बाँसपानीबाट १ वटा, भिमफेदी गाँउपालिका अन्तरगर्त हेटौंडा नजिकै सामरी बुङदलबाट १ वटा बागमती ८ ठोटारी र बागमती ७ धन्साईबाट १ वटा  उद्धार गरेका हुन् ।

हेटौंडाबाट बागमती सम्म आइपुगेर सेवाको भावनासहित आफ्नो ज्यान जोखिममा राखेर सर्पको र मानिसको दुबैको ज्यानको सुरक्षा हुनेगरी सकुशल सर्पको उद्दार गरेर जंगलमा छाडेको भन्दै वडाध्यक्ष इन्द्रमणि तिमल्सिना केशव, प्रहरी लयायत स्थानियले धन्यवाद व्यक्त गरे ।

सर्पलाई मार्नु हुन्न भन्ने मनोभावनाले सर्प र मानिस दुबै सुरक्षित रहनुपर्छ भनेर उद्दारकर्तालाई उद्दारका निम्त्ति बोलाएको र सुरक्षा भयो भन्दै स्थानीयहरुले खुसी व्यक्त गरे।

सर्पको उद्दार गरेपछि सव डिभिजन फापरवारीसंगको समन्यवमा सुरक्षित बासस्थानमा छाडेको बताएका छन् ।

गर्मी यामको समस्यमा विभिन्न घरहरुमा सर्प देखा पुर्न भनेको सामान्यनै भन्न सकिन्छ । गर्मी मौसममा सर्प अत्याधिक निस्कने भएकाले आहाराको खोजीमा हिड्दैगर्दा विषालुसँगै विभिन्न अविषालु सर्पहरु विभिन्न स्थान तथा घरहरुमा देखिनु नौलो मानिदैन ।
कुनै ठूलो कुरा हैन यहीक्रममा मकवानपुर जिल्लाका विभिन्न स्थानहरुमा अन्य सर्पहरुसँगै किङ्ग कोब्रा –राजगोमन पनि देखिएको आकलन गरिएको छ ।

विश्वकै सबैभन्दा ठूलो, लामो र विषालु सर्प प्रजातिको किङ कोब्रालाई सर्पको राजा – राजगोमन, कालीनाग पनि भनिन्छ । यसको वैज्ञानिक नाम ओफियोफेगस हाना हो । किङ्ग कोब्राले सर्प खाने गर्छ । मानव बस्तीमा पुग्न नचाहने र घनाजँगल मन पराउने, र शान्त र बुद्धिमान मानिने सर्प ले हत्तपत्त टोक्न खोज्दैन ।  २० प्रतिशत बुद्धि हुने अत्यन्त संवेदनशिल सर्प किङ्ग कोब्रा हो । किङ्ग कोब्राले भुक्किएर टोकेमा यसमा हुने न्यूरोटक्सिक भेनम विष अत्यन्त घातक हुन्छ । एक पटकको टोकाइले करिब २१ जना मानिस वा एउटा हात्तीलाई मार्ने गर्छ ।

सर्पहरूले वातावरण सन्तुलन कायममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले सर्पको संरक्षण गर्न आवश्यक रहेको सर्प उद्दारकर्ता राजेश र रोशनले बताएका छन् । उनीहरुले अहिलेसम्म मकवानपुर जिल्लाबाट अतिरिक्त मोनोस्लेड कोब्रा, स्पेक्टिकल कोब्रा, बेन्डेड , कोरल स्नेक, ग्रीन पिट भाइपर लगायतका विषालु प्रजातिका र अन्य अविषालु सर्पहरु अजिंगरसहित कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, बफस्ट्रीप्ड किलव्याक, चेकर्ड किलव्याक स्नेक, र्याट स्नेक, ब्रोन्जव्याक ट्रि स्नेक उद्दार गरिसकेका छन् ।

सर्प विशेषज्ञहरूले गरेको खोजअनुसार नेपालको दुई हजार मिटरसम्मको उचाइमा पनि सर्पहरू पाइने गरेका छन् ।