हेटौंडा । हेटौंडा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार प्रसान्त उप्रेती अग्रता कायमै बनाएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर–२ मा उम्मेद्वार बनेका प्रशान्त उप्रेतीले अहिले सम्मको मत गणनाको नतीजा अनुसार ७ हजार मतले नेकपा एमालेका उम्मेद्वार महेशकुमार बर्तौलालाई पछि पारेका छन् ।

एमालेका उम्मेद्वार महेशकुमार बर्तौलालले अहिले सम्मको नतीजा अनुसार ७ हजार १ सय ४२ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार ६ हजार ९ सय ३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेक छन् । यस्तै, नेपाली काँग्रेसका उम्मेद्वार बुद्ध लामाले ५ हजार ७ सय ७३ मतसहित चौंथो स्थानमा रहेका छन् भने उज्यालो नेपाल पार्टीका प्रवीनकुमार स्याङ्तानले १ हजार ९ सय ६२ मत ल्याउँदै पाँचौं स्थानमा रहेका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी